नवलपुर समाज जापानद्वारा बोन्म्यारो रोगबाट पीडित बालक गौडेललाई आर्थिक सहयोग
नवलपुर समाज जापानले बोन्म्यारो रोगबाट पीडित नवलपुर कावासोतिका ११ वर्षिय बालक निरज गौडेललाई आर्थिक सहयोग गरेको छ।
गौडेलको उपचारका लागि जापानको बिभिन्न ठाउबाट आर्थिक संकलन गरेर ल्याएको रकम रु५०००० ( पचास हजार) बुधवार एक कार्यक्रमका विच मालपोत टोलसुधार संस्थालाई हस्तान्तरण गरेको हो।
नवलपरासी समाज जापानले सामाजिक कार्यमा सकृय हुँदै जापान लागयत नेपालमा विभिन्न क्षेत्रमा बाढी पीडित , भुकम्प पीडित लगायत विभिन्न खालका विरामी जो आर्थिक अभावमा उपचार गर्न नसक्दा छटपटाइ रहेका छन , त्यस्ता क्षेत्रमा समाजले सहयोग गर्दै आइरहेको समाजका सल्लाहाकार एवं जापान स्थित निरज बचाउ अभियानका अभियन्ता यादब के. सि. ले जानकारी गराउनुभयो।
गौडेल अहिले बोन म्यारो प्रत्यारोपणका लागि भारत को एम्स अस्पतालमा उपचार गराउदै सहयोगको लागी अपिल गरिरहेका छन् ।
यस अभियानमा छोटो समयमै सहयोगी दाताहरुले समाजलाई विश्वास गरेर रकम सहयोग गरेकोमा सहयोगि मनहरुलाई समाजका अभियानका के शी ले सबैलाई धन्यवाद व्यक्त गरेका छन् । साथै सहयोग संकलन कार्यमा अहोरात्र खटेका सबै प्रति पनि समाजले आभार व्यक्त गरेको छ।