गैडाकोटको जनकमाविमा भुकम्प मापन यन्त्र जडान
पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको जनक माध्यमिक विद्यालयमा भुकम्प मापन यन्त्र जडान गरिएको छ । विद्यालयको पहल र गैंडाकोट नगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा जडान गरिएको मापनयन्त्रको बिहिबार एक कार्यक्रमकाबीच गैंडाकोट नगरपालिकाका नगर–प्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नुभएको छ ।
भूकम्प मापनयन्त्रको उद्घाटन गर्दै नगर–प्रमुख पौडेलले यस क्षेत्रको नेतृत्वदायी विद्यालय जनक माविले नविन कार्य गरेको भन्दै प्रशंशा गर्नुभयो ।
उहाँले भुकम्पबाट हुनसक्ने जोखिम न्युनिकरण गर्न सबै पक्षबाट यस्ता प्रयासहरु हुनु आवश्यक रहेको तर्फसमेत ध्यानाकर्षण गराउनुभयो ।
स्विजरल्याण्ड स्थित एक विश्वविद्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा गण्डकी प्रदेश र प्रदेश नं. ५ मा विद्यालयमा यन्त्र जडान गर्ने अभियानअन्र्तगत जनकमासमेत यन्त्र जडान गरिएको हो ।
सोही क्रममा स्विजरल्याण्डको लोजान विश्वविद्यालयमा नेपालमा भुकम्पको जोखिम विषयमा विद्यावारिधि गरिरहेका नेपालका युवा वैज्ञानिक शिव सुवेदीले उक्त प्रविधिबारे सबै छिमेकी विद्यालयमा सन्देश पु¥याउन आवश्यक रहेको बताउनुभयो ।
युवा वैज्ञानिक सुवेदीले विद्यालयमा यो यन्त्रबाट मुलुकभित्रको मात्र नभै विश्वभरका भुकम्प मापन हुनसक्ने जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक चुणामणि शर्माले यस क्षेत्रमा भुकम्पबाट हुन सक्ने जोखिम न्युनिकरणका लागि प्रयास गरिएको बताउदै सबैलाई सहज रुपमा सुचना प्रवाह गर्ने बातावरण बनाउने उल्लेख गर्नुभयो ।
विद्यालयले निकट भविष्यमा भुकम्पबाट हुुनसक्ने जोखिम कमगर्दै लग्न विद्यालयमा रिर्सोस सेन्टर (श्रोत केन्द्र) का रुपमा विकास गरि काम गर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी मदनभक्त अधिकारी, शिक्षक अभिभावक संघका प्रतिनिधि शंकर आचार्य, भवन निर्माण समिति सदस्य मेघराज कंडेललगायत विद्यालय सम्बद्ध विद्यालय व्यवस्थापन समिति सदस्यहरु, अभिभावक संघ, विद्यालयका शिक्षक, विद्यार्थीहरुलगायतको उपस्थिति रहेको थियो ।