नेपाल अडिटर्स एसोशियन नवलपुरमा पौडेल

92








माधव अधिकारी
नवलपुर । नेपाल अडिटर्स एसोशियन (अडान), नवलपुरको प्रथम अधिबेशनले हरी पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमीति सर्वसम्मत चयन गरेको छ । यस्तै उपाध्यक्षमा सुन्दर प्रसाद पराजुली, सचिवमा अर्जुन बहादुर भण्डारी, कोषध्यक्षमा तुलसी श्रेष्ठ, सदस्यहरुमा राम प्रसाद सिग्देल, विश्वनाथ पाण्डे, खिमनाथ लामीछाने, माधव प्रसाद कोइराला र जगन्नाथ आचार्य चयन हुनुभएको छ ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिहरुमा माधव प्रसाद पराजुली, सुन्दर प्रसाद पराजुली र विष्णु सापकोटा, अर्जुन प्रसाद ढुङ्गाना, राम प्रसाद सिग्देललाइ चयन गरेको छ । यस्तै प्रदेश प्रतिनिधिमा माधव प्रसाद गौतम, अर्जुन प्रसाद ढुङ्गाना चयन हुनुभएको छ ।




तदर्थ समितिका अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न अधिवेशनको खुल्ला सत्रमा केन्द्रीय सचिवालय सदस्य रामजी अधिकारी प्रमुख आतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले आइक्यानले चाटर्ड एकाउन्टेनको शिक्षा प्रदान गर्ने, लाइसेन्स प्रदान गर्ने, पेशागत प्रमाणपत्र प्रदान गर्ने र नियमन गर्ने लगायतका अधिकार दिएर बनाएको स्वायत्त निकाय विश्वमानै विरलै रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा बिशिष्ट अतिथिमा करदाता सेवा कार्यालय नवलपुरका कर अधिकृत अमृत अधिकारी रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै कर अधिकृत अधिकारीले नवलपुरमा करिब २६ हजार करदाता रहे पनि कर तिर्ने करदाताको संख्या भने १७ हजार १ सय २९ मात्रै रहेको बताउनुभयो । जसमध्य १६ हजार ८९ करदाता भ्याटमा दर्ता भएको उहाँको भनाइ छ । असोज ७ गते नवलपुरमा स्थापना भएको कर कार्यालयले वैशाख २५ गतेसम्म २९ करोड ७ लाख कर संकलन गरेको जानकारी दिँदै उहाँले करको दायरा भन्दा बाहिर रहेका व्यवसायीलाई सक्रिय बनाउन उहाँले सबैमाझ आग्रह समेत गर्नुभयो ।

यस्तै अतिथिहरुमा शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेल, कावासोती नगरपालिकाका शिक्षा शाखा प्रमुख राजन पाण्डे, उद्योग संघ नवलपुरका अध्यक्ष कृष्ण गौतम लगायत रहनुभएको थियो ।
तदर्थ समितिका सचिव घनश्याम चापागाईको स्वागत मन्तव्य रहेको खुल्ला सत्रमा तदर्थ समितिका अध्यक्ष भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।



You might also like
Loading...