सुनवलको डम्बरभार खोलामा एक करोडको लागतमा पुल बन्दै

252








नवलपरासी । सुनवल र बर्दघाट नगरपालिकालाई जोडने गरि सुनवल ११ मा रहेको डम्बरभार खोलामा प्रदेश सरकारको आर्थिक लगानीमा पुल निर्माण शुरु भएको छ ।
पुर्वपश्चिम लोकमार्गको भुमही देखी छ किलोमिटर उत्तर तर्पmको दुरीमा रहेको डम्बरभार खोलामा पुल नहुदा सुनवल नगरपालिका वडा नम्बर ११ जर्गाहा र वर्दघाट नगरपालिको वडा नम्बर २ को धुर्कोट गाँउलाई जोडने महत्वपुर्ण सडकको निर्माण कार्य अधुरो हुदै आएको थियो । अवश्थामा यो पुलले विचमा वर्षाको समयमा आवगमनमा समस्या हुने गरेको थियो ।
उत्तरको पहाडी भागमा रहेको धुर्कोत गाँउ र तल्लो मैदानी भाग विचमा पनि डम्बरभार खोलामा पुल नहुदा यस क्षेत्रका बासीन्दाहरुलाई समस्या परि रहेको अवश्थामा यस खालामा प्रदेश सरकराको आर्थिक लगानीमा पुल निर्माण कार्य शुरु भएको प्रदेश नम्बर पाँच सामाजिक विकास मन्त्रालयको पुर्वाधार विकास कार्यालयका ईन्जीनियर हेमन्त रोकाले बताए ।
वर्दघाट नगरपालिका र सुनवल नगरपालिकाको सिमानाको रुपमा रहेको डम्बारभार खोलामा अन्य मौसममा खोला सुक्का रहने भए पनि बरखाको समयमा भने वारपार गर्न नसकिने अवश्था हुने गर्दछ । डम्बरभार खोलामा बन्न लागेको यस पुलको लम्बाई ३५ मिटर एवं चौडाई ६ मिटरको रहने सामाजिक विकास मन्त्रालय अन्तर्गतको पुर्वाधार विकास कार्यालयका ईन्जीनियर रोकाले बताए ।
यो पुल निर्माणका लागि प्रदेश नम्बर पाँच सामाजिक विकास मन्त्रालयको पुर्वाधार विकास कार्यालयले यस आर्थिक वर्षमा काम सम्पन्न गर्ने गरि एक करोड ३१ लख रुपियाँ रकम विनीयोजित गरेको प्रदेश नमबर ५ का सामानिक विकास मन्त्री बैजनाथ चौधरीले पुलको शिलान्नयासका क्रममा बताएका हुन ।
पश्चिम नवलपरासीको प्रतापुर गाँउपालिका, सुनवल नगरपालिका र वर्दघाट नगरपालिकालार्ई जोडने गरि निर्माण हुन लागेको यस सडक खण्डमा बन्न लागेको डम्बरभार खोला पुलमा केही भाग ग्राउन्ड बचवे र केही भाग अपर पुल बन्ने ईन्जीनियर रोकाको भनाई रहेको छ । यस पुलको निर्माण यसै आर्थिक वर्षको असार मसान्त सम्ममा निर्माण सम्पन्न हुने गरि तिरुपति निर्माण सेवाले ठेक्का लिएको बताईएको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाँउपालिकाबाट शुरु भएर सुनवलको जर्गाह हुदै वर्दघाटको पहाडी भाग धुर्कोट सम्म जोडने गरि निर्माण भई रहेको यस सडकमा अन्य सबै स्थानमा सडक निर्माणको कार्य सम्पन्न भई सकेको अवश्थामा यस डम्बरभार खोलामा पुल नहुदा समस्या हुदै आएको थियो ।



You might also like
Loading...