सुनवलमा गाउँलेले जनप्रतिनिधि थुने

3,564








परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकका सर्वसाधारणले जनप्रतिनिधिलाई घेरा हालेर थुनेका छन् ।
जनताको हित विपरित काम गरेको भन्दै आईतवार चौथो नगर सभा चलेको स्थानमा उनीहरुले जनप्रतिनिधीहरुलाई घेरा हालेर थुनेका हुन् ।
सुनवल नगरपालिकाको वार्ड नम्बर ८ मा रहेको सुनवल स्वास्थ्य चौकीको स्तर उन्नतीका लागि स्वास्थ्य मन्त्रालयबाट विनियोजित रकम जनप्रतिनिधीरुले आफ्नो स्वार्थमा अन्यत्र लाने निर्णय गरेको भन्दै सुनवल ७ र ८ का सयौं संख्यामा आएका गाउँलेले नगरसभा चलेको स्थानमा जनप्रतिनिधीहरुलाई घेरा हालेर नियन्त्रणमा लिई विरोध जनाएका थिए ।
सुनवल नगरपालिकाको वार्ड नम्बर आठमा रहेको सुनवल स्वास्थ्य चौकीको स्तर उन्नती गरि १५ सैयाको प्राथमिक अस्पताल बनाउनका लागि स्वास्थ्य मन्त्रालयले विनियोजित गरेको रकम सुनवलका जनप्रतिनिधीहरुले स्थानीय जनताको कुनै सरोकार नगरी बजेट सुनवल वार्ड नम्बर ३ र ५ को बीचमा पर्ने मिनी बनकटटीमा स्थापना गर्ने निर्णणय गरे पछि सुनवल वार्ड नम्बर ७ र ८ का जनताहरु विरोधमा उत्रिएको सुनवल ७ ज्यामिरेका स्थानियबासी नारायण आचार्यले बताए ।






You might also like
Loading...