लागुऔषधले बढायो पारिवारिक द्वन्द्व
बैशाख ३१ नवलपरासी ।
मानव अधिकार तथा शान्ति समाजको आयोजनामा जिल्ला प्रहरी कार्यालय र शान्ति समाज बीच लागुऔषध र हिंसा विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयको प्रमुख राजेन्द्रप्रसाद भट्टले लागुऔषध पछिल्लो समय ठूलो विकृ्ितको रुपमा देखिएको र नवलपरासीमा रहेको खुल्ला सिमानाका कारण बुटवल, तनहु पोखरा, चितवल, लगायतका जिल्लादेखि लागुऔषध सेवकहरु आउने गरेको बताए ।
२१ देखि २५ वर्ष उमेर समुुहका यूवाहरु लागुऔषध बढि प्रयोग गरेको देखिन्छ । साथै लागुऔषधकै कारणले परिवारिक झैझगडा कुटपिट, सवारीको दुर्घटना बढेको बताए ।
कार्यक्रममा समाजका केन्द्रिय सदस्य मोहन वि.क., कृर्षि विभाग प्रमुख कुलदिप आचार्य, उपसभापति कृष्ण नारायण श्रेष्ठ लगायतले बोल्दै लागुऔषधका विरुद्ध जनचेतनामुलक कार्यक्रममा समाज र प्रहरी हातेमालो गर्नुपर्र्र्ने बताए ।
कार्यक्रम समाजको जिल्ला अध्यक्ष सन्तोष अधिकारीको अध्यक्षतामा भएको थियो ।