पाल्हीनन्दनमा विपन्नका लागि बाख्रा पैचो

119








रवि पाण्डेय
नवलपरासी (बेलाशपुर) ः पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउपालिकाले बाख्रा पैचो कार्यक्रम शुरु गरेको छ । विपन्न परिवारको आयआर्जनका लागि गाउपालिकाले बाख्रा पैचो कार्यक्रम शुरु गरेको हो । कार्यक्रम अन्तरगत बुधवार गाउपालिकाको वडा नम्बर ४ लोहरौलीमा गठित लक्ष्मी बाख्रापालन समुहमा आबद्ध किसानका लागि बाख्राका उन्नत जातका पाठी बितरण गरिएको छ ।
कार्यक्रममा पाल्हीनन्दन गाउपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकले विपन्न कृषकहरुलाई जिविकोपार्जन गर्न सहज होस भन्ने उद्धेश्यले उन्नत नश्लका पाठी वितरण गरिएको बताउनुभयो । उहाँले पैचो कार्यक्रम अनुसार कृषकले सो पाठी माउ भई उत्पादन शुरु भएपछि गाउपालिकालाई सो बाख्राको पाठी फिर्ता गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – यसबाट राम्रो बाख्रा उत्पादन गर्नुस अनि जिविका संचालन गर्न सहज बनाउनुस । कार्यक्रममा उहाँले कृषकका लागि गाउपालिकाले धेरै राम्रा राम्रा कार्यक्रम समेत संचालन गर्दै आएको बताउनुभयो । हामीले सिचाईका लागि पम्पसेटको ब्यवस्था पनि गरेका छौ आगामी बर्ष पनि कृषकका लागि थप कार्यक्रम ल्याउनेछौ – स्थानीय सरकार प्रमुख समेत रहनुभएको गुप्ताले प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रम नायब पशु सेवा प्राविधिक खेमराज पटेल लगायत स्थानीय समाजसेवीहरुको सहभागिता रहेको थियो । बाख्राको पाठी पाएपछि कृषकहरु हर्षित हुदै उन्नत जातका बोका समेत आवश्यक रहेको बताएका थिए । कार्यक्रममा ४४ वटा बाख्रा वितरण गरिएको नायब पशु सेवा प्राविधिक खेमराज पटेलले जानकारी दिनुभयो । सो कार्यक्रममा जमुनापारीबाट नश्ल सुधार गरिएका पाठीहरु दिइएको थियो ।



You might also like
Loading...