आम संचार विधेयककोे संशोधन माग गर्दै युनियनले बुझायाे ज्ञापन पत्र
नेपाल प्रेस युनियन नवलपुर शाखाले प्रमुख जिल्ला अधिकारी मार्फत संघिय सांसदका सभामुख तथा प्रतिनिधि सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ ।
युनियनले बर्तमान सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र आम संचार विधेयककोे संशोधन र खारेजीको माग गर्दै सो ज्ञापन पत्र पठाएको हो ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल मार्फत ज्ञापन पत्र पठाइएको हो । युनियनका अध्यक्ष विरेन्द पराजुलीद्वारा हस्तक्षरित ज्ञापन पत्रमा सो विधेयक संसदमा पास गरिए नेपाल प्रेस युनियनलाइ सो शैय नहुने भन्दै युनियनले थप संघर्षका कार्यक्रम अगाडी बढाउने समेत उल्लेख छ ।