नवलपरासीको बौदीकालीमा टेक्टरबाट खसेर एक जनाको मृत्यु
कावासोती । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाको वडा नं. २ को वडा कार्यालय नजिकै बुधबार साँझ ग १ त ५१७४ नम्बरको ट्याक्टरबाट खसेर एक जनाको निधन भएको छ ।
बौदीकाली २ निवासी १६ बर्षीय सुदिप नेपालीको मृत्यु भएको हो । स्थानीय बासिन्दाका अनुसार ट्याक्टरबाट अचानक खसेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँ लगेकोमा स्वास्थ्य केन्द्रका चिकित्सकले मृत घोषणा गरेको थिए । ट्याक्टर र ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको छ ।