कावासोतीमा कालो पत्रे निर्माण सम्पन्न

222








कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ पुरानो कावासोती बजार टोलको बाटो कालो पत्रे निर्माण सम्पन्न भएको छ ।
झण्डै ३ बर्ष लगाएर बाटो निर्माण सम्पन्न भएको हो । एक किलो मिटर भन्दा बढी लामो बाटो निर्माण सम्पन्न भएको हो ।
बाटो निर्माणका लागि नाला बनाउन तत्कालिन सांसद जीवन श्रेष्ठबाट १० लाख रुपैयाँ, नगरपालिकाबाट ५ लाख रुपैयाँ र स्थानीयबाट प्रति मिटर ७ सय रुपैयाँका दरले आर्थिक संकलन गरि नाला निर्माण गरिएको थियो ।
बाटो कालो पत्रेका लागि कावासोती नगरपालिकाबाट २० लाख, सांसद तिलक महतको संसादकोषबाट २० लाख र स्थानीयको प्रति मिटर ५ सय रुपैयाँका दरले आर्थिक संकलन गरेर बाटो कालोपत्रे गरिएको बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर श्रेष्ठले बताए ।



You might also like
Loading...