काठमाडौंमा हराएको मोटरसाइकल कावासोतीमा भेटियो
नवलपुर, २ जेठ । काठमाडौंमा हराएको एउटा बुलेट मोटरसाइकल प्रहरीले कावासोतीमा बरामद गरेको छ ।
पूर्वी नवलपरासीको कावासोती २ प्रहरी टोलीले चेकजाँचको क्रममा लु ४४ प ८९६७ नम्बरको ३५० सिसीको बुलेट मोटरसाइकल बरामद गरेको हो । प्रहरीले चेकजाँच गरेपछि मोटरसाइकल छाडी भोगेको र मोटरसाइकलको बारेमा अनुसन्धान गर्दै जाँदा काठमाडौंमा हराएको भनि प्रहरीमा उजुरी परेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी अर्जुन रानाभाटले बताए ।
उक्त मोटरसाइकल काठमाडौंबाट हराएको भनि गत माघ १ गते महानगरिय ट्राफिक प्रहरी कार्यालय काठमाडौंमा निवेदन परेको थियो ।
कावासोतीमा फेला परेको उक्त मोटरसाइकल प्रहरीले विहीबार मोटरसाइकल धनि काठमाडौं २६ ठमेल निवासी कृष्णराज कंडेललाई हस्तान्तरण गरिएको छ ।
मोटरसाइकल चोरी गर्नेको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।