कालीगण्डकी कोरिडोरका मजदुर नदीमा मृत भेटिए

110








नवलपरासी, ३ जेठ ।
पाल्पाको रामपुर स्थित कालीगण्डकी कोरिडोरका मजदुर कालीगण्डकी नदीमा मृत अवस्थामा फेला परेका छन् ।
उनको शव पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका २ नजिकै कालीगण्डकी नदीमा ढुंगामा अड्किरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी नायव निरीक्षक बाबुराम पुरीले जनाएको छ ।
नुवाकोट जिल्लाको दुम्केश्वर २ घर भई हाल पाल्पाको रामपुरमा कालीगण्डकी कोरिडोरमा काम गरी बस्ने २० बर्षीका दोषबहादुर तामाङ मृत अवस्थामा भेटिएका हुन् ।
प्रहरीका अनुसार उनी ६ दिन अघि नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए ।



You might also like
Loading...