नवलपरासीका पत्रकारले बुझाए जेलरलाई सञ्चार सामाग्री

103








परासी, ३ जेठ ः पश्चिम नवलपरासीका पत्रकारहरुले शुक्रबार कारागार कार्यालय नवलपरासीमा सञ्चार सामाग्री बुझाएका छन् । संसद्मा पेश भएको मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोलनरत पत्रकारहरुले शुक्रबार देशभर सञ्चार सामाग्रीसहित प्रदर्शन गरेका छन् । सोही कार्यक्रम अन्तरगत जिल्लाका पत्रकारहरुको जुलुसले सदरमुकाम परासीमा विधयेक विरुद्ध प्रदर्शनगर्दै जिल्ला प्रशासन कार्यालय अघि सञ्चार सामाग्री प्रदर्शन गरेका थिए । प्रदर्शनपछि कारागार पुगेका पत्रकारहरुको टोलीले जेलर जगतबहादुर बस्नेतलाई सञ्चार सामाग्री बुझाएका हुन् ।
विधेयकमा तोकिएको अनुसारको जरिवाना पत्रकारहरुले बुझाउन नसक्ने र कानुनअनुसार जेलमा जानु पर्ने बाध्यात्मक परिस्थिति सृजना गरिएकाले जेलरलाई सञ्चार सामाग्री बुझाइएको पत्रकार महासंघका जिल्ला शाखा अध्यक्ष हरि शर्माले बताए । जरिवाना बुझाउ नसकेर पुग्ने पत्रकारलाई जेलमै उक्त सामाग्री उपलव्ध गराइदिन आग्रहगर्दै सञ्चार सामाग्री बुझाइएको शाखा अध्यक्ष शर्माले बताए । बुझाइएका सञ्चार सामाग्रीमा रेडियो, क्यामरा, कलम, कापीलगायतका छन् । जेलमा समाचार लेख्न नपाएपनि सामाग्री देखेर पत्रकारिताप्रति थप उत्साह जाग्ने भएकाले उक्त सामाग्री जतनले राखिदिन पत्रकारहरुले जेलर बस्नेतलाई आग्रह गरेका थिए ।
पत्रकार महासंघले आयोजना गरेको प्रदर्शनमा प्रेस युनियन जिल्ला शाखाले एक्यबद्धता जनाएको थियो ।



You might also like
Loading...