वडा कार्यालयद्वारा बालबालिकालाई शैक्षिक सामग्री
नवलपुर, ४ जेठ । कावासोती नगरपालिका वडा नं. ३ ले शनिबार ४५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ।
वडा अध्यक्ष अमृत श्रेष्ठको अध्यक्षता तथा वडा सदस्यहरुको सहभागितामा शैक्षिक सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा जीवन ज्योति माविका अध्यक्ष रामकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा जीवन ज्योति माविका १७ जना, सहिद स्मृति माविका १५ जना र जनविकास विद्याश्रम विद्यालयका १३ जना विद्यार्थी गरी ४५ जनालाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।
सहिद स्मृति माविमा भएको कार्यक्रममा ५० हजार बराबरको झोला, कापी, ज्यामति बक्स, कलम, शिशाकलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो ।