यस्तो कांग्रेसले बनायो छाया सरकार !


प्रमुख विपक्षी नेपाली कांग्रेसले छाया सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छाया सरकारको रुपमा काम गर्न मन्त्रालयस्तरीय समन्वय समिति बनाएका हुन् ।



संसदीय व्यवस्था भएको मुलुकहरुमा छाया सरकार बनाउने प्रचलन छ । नेपालमा २०४८ मा तत्कालीन एमालेले छाया सरकार बनाएको थियो तर, पछिल्लो समय यसले निरन्तरता पाएन ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडका अनुसार हरेक मन्त्रालयस्तरीय समन्वय समितिमा संयोजक र दुई सदस्य तोकिएको छ । उनीहरुले मन्त्रालयको कामकारबाहीको निरगानी गर्नेछन् ।






सम्बन्धित
Loading...