कावासोतीमा ६० लाखको लागतमा पार्क बन्दै

210








कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ को पुरानो कावासोतीमा ६० लाखको लागतमा पार्क बन्ने भएको छ । पार्कको वडा अध्यक्ष अमृत श्रेष्ठले शिलान्यास गरेका छन् ।
पार्क निर्माणका लागि यो बर्ष ८ लाख वडा कार्यालयबाट बजेट विनियोजन गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए ।
पुरानो कावासोती बजारको खाली रहेको बजारको भागलाई व्यवस्थित गरेर पार्क निर्माण शुरु गरिएको श्रेष्ठले बताए।
पार्कमा फुलबारी, पानीको फोहोराका साथै टायल र मार्वल विछ्याएर सुन्दर ढंगले निर्माण गरिने जनाएको छ। बजारको बीचमा रहेको मन्दिरलाई पार्क भित्रै एक छेउमा निर्माण गरिने जनाइएको छ।
त्यसैगरी बजारको बीचमा रहेको गाउँघर क्लिनिकलाई पनि व्यवस्थित गरिने छ। वडा अध्यक्ष श्रेष्ठका अनुसार पार्कको एक कुनामा सार्वजनिक सौचालय निर्माण गरी शौचालयको माथिल्लो तलामा गाउँघर क्लिनिकका लागि भवन समेत बनाइने छ। अध्यक्ष श्रेष्ठले पार्क निर्माण सम्पन्न नभएसम्म आफूले वडाबाट प्रत्येक बर्ष बजेट विनियोजन गर्दै जाने समेत जनाएका छन् ।






You might also like
Loading...