नवलपुरको देवचुली नगरपालिकामा असिना, हावाहुरी सहित आएको पानीले ३ सय बढी घरमा क्षति
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा गएराति हावाहुरी सहित असिना पानी आउँदा ३ सय भन्दा बढी घरमा क्षति भएको छ ।
नगरपालिको तथ्यांक संकलन गरिरहेकोेले यकिन तथ्यांक आउँन बाँकी रहेको र क्षति भएका घरहरु मध्य आधाआधी बस्नै नमिल्ने गरी क्षति भएको देवचुली नगरपालिकाका उपप्रमुख पार्वती तिवारीले बताइन् ।
तिवारीका अनुसार ठाउँठाउँमा विजुलीको पोल ढलेको छ, देवचुली आधारभूत विद्यालय, भीमसेन मावि लगायतका विद्यालय, कुखुराको खोर लगायतको छानो उडाएको छ ।
सबैभन्दा बढी क्षति देवचुली नगरपालिकाको वडा नंंं. ७ मा सबैभन्दा बढी क्षति भएको र हावाहुरीले देवचुली नगरपालिकाको ६, ७, ८, ९, ११, १२ र १४ गरी ७ वटा वडामा क्षति पुगेको छ ।
मानवीय क्षति भएको जानकारी नआएपनि सामान्य चोटपटकहरु पनि लागेको भेटिएको तिवारीले बताइन ।