पश्चिम नवलपरासीको सुस्ताले गर्‍यो मोबाईल एप जारी

142








श्याम थापा
सुस्ता । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले मोबाइल एप जारी गरेको छ । सेवाग्राहीहरुको मध्यनजर गर्दै र सेवाग्राहीहरुलाई सहजरूपमा सूचना प्राप्त गर्ने उद्देश्यले सुस्ता गाउँपालिकाको कार्यालयले मोबाईल एप जारी गरिएको सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताएका छन । सुस्ता गाउँपालिकाको कार्यालयको सभा हलमा एक कार्यक्रम गरि सुस्ता गाउँपालिका मोबाइल एप  जारी गरिएको हो । जारी गरिएको सुस्ता गाउँपालिका कार्यालयको मोबाइल एपमा १.गाउँपालिकाको परिचय,गाउँपालिकाको सेवाहरु,गाउँपालिकाको कार्यक्रम तथा परियोजनाहरु,गाउँपालिकाको सूचना तथा जानकारीहरु,गाउँपालिकाको कार्यालयलाई दिने सुझाव तथा गुनासो,समस्या दर्ता,गाउँपालिकाका वडाको विवरण,गाउँपालिका भित्र रहेका महत्त्वपूर्ण स्थानहरु र सेवाग्राहीहरुलाई चाहिने आपतकालीन नम्बर जस्ता सेवाहरु मोबाइल एपमा रहेको छ । सो मोबाइल एप जारी भएको भन्दै प्रचारप्रसार गरिदिनको लागि सुस्ता गाउँपालिकाको कार्यालयले सुस्ता सन्देशका कार्यकारी सम्पादक श्याम थापा र दौँतरी एफ एम बर्दघाटका प्रबन्धक नारायण भण्डारीलाई जिम्मेवारी पनि दिएको छ ।





You might also like
Loading...