हुप्सेकोटमा करेन्ट लागेर एक जनाको मृत्यु
कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोटमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
हुप्सेकोट गाउँपालिका ४ निवासी ३६ बर्षका कृष्ण आलेको विजुलीको पोलमा तार मिलाउने क्रममा करेन्ट लागेर ज्यान गएको हो ।
मृतकको शव पोष्टमाटर्मका लागि पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।