बर्दघाटमा उद्योग वाणिज्य संघको चुनावी रन्को बढ्दै




बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको बर्दघाट उद्योग वाणिज्य संघमा चुनावी माहौल तातेको छ ।
बर्दघाट उद्योग वाणिज्य संघको यही जेठ १८ गते दोस्रो अधिवेशन हुँदैछ। अधिवेशनका लागि सत्तारुढ दल नेकपाले लेखनाथ न्यौपानेको नेतृत्वमा एकल प्यानल बनाएर उमेद्वारी दिएको छ भने नेपाली काँग्रेस, राप्रपा, राप्रपा नेपाल, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, जनमोर्चा लगायतका दलहरुले यमबहादुर क्षेत्री मिठुको नेतृत्वमा संयुक्त प्यानल बनाएर उमेदवारी दिएका छन्। दुवै प्यानल अहिले मत माग्नका लागि मतदाताहरुसँग व्यस्त छन्।
यमबहादुर क्षेत्री मिठु, नेतृत्वको संयुक्त प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजु पाण्डे, उद्योगतर्फ उपाध्यक्षमा मिनबहादुर सुनार अशोक, वाणिज्य तर्फ उपाध्यक्षमा चेतनारायण पाण्डे, महासचिवमा दिनेश न्यौपाने, सचिवमा प्रेमप्रसाद पोख्रेल, कोषाध्यक्षमा हरिप्रसाद अधिकारी, लेखा संयोजकमा संदिप पौडेल लगायतले उमेदवारी दिएका छन् । यमबहादुर यस अघि संस्थापक उपाध्यक्ष हुन् ।
यहाँ एक हजार ३ सय ८ उद्योगीहरुले मतदान गर्ने छन् ।
त्यसैगरी नेकपाले अघि सारेको लेखनाथ न्यौपाने नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा प्रदिप सुवेदी, उद्योग उपाध्यक्षमा लेखनाथ पौडेल, वाणिज्य उपाध्यक्षमा राजु न्यौपाने, महासचिवमा कृष्णप्रसाद पाण्डे, सचिवमा दामोदर पाण्डेय निर्मल, कोषाध्यक्षमा कमला भण्डारी, लेखा संयोजकमा रुपक बस्याल लगायतले उमेदवारी दिएका छन् ।
उमेदवारी दिएका दुवै प्यानलले प्रचारप्रसार समिति नै बनाएर स्थानीय तहको निर्वाचनको झल्को दिने गरी घरघर पुगेर मत माग्ने, सामाजिक सञ्जाल, प्रर्चा पोष्टर, सञ्चारमाध्यममा प्रचारप्रसार गरेका छन् ।



सम्बन्धित
Loading...