त्रिवेणी पुल सात वर्ष पछि निर्माणको काम पुनः शुरु
गोपी ज्ञवाली
नवलपरासी, ११ जेठ । पश्चिम नवलपरासी त्रिवेणी घाममा सात वर्ष देखी निर्माण कार्य रोकिएको त्रिवेणी बाल्मीकी आश्रम झोलुङ्गे पुलको निर्माण कार्य पुनः सुरु भएको छ ।
नवलपरासी दाउन्ने डाँडा देखी पश्चिममा रहेको विनयत्रिवेणी गाँउपालिकाको वार्ड नम्बर ५ मा रहेको नारायणी नदिमा नवलपरासीको त्रिवेणी देखी चितवनको चितवन राष्टिय निकुन्ज क्षेत्रमा रहेको ऐतिहासिक बाल्मीकी आश्रमलाई जोडने गरि सात वर्ष पहिला बन्न लागेको झोलुङ्गे पुल लामो समयको अवरोध पछि पुनः निर्माण कार्य शुरु भएको छ ।
पुल निर्माणका लागि बृज विभागले ५ करोड १९ लाखमा ठेक्का सम्फौता गरी निर्माण कम्पनीले नवलपरासी तर्फको भागमा पुलको आधार बनाई सकेको अवश्थामा नारायणी नदि पारी चितवन राष्टिय निकून्जको विभिन्न प्रकारका प्रकृया मिलाउदा लामो समय लागेकोले कारण पुल निर्माण रोकिएको श्री गिता रुविनामना जेवि कन्सटक्सन कम्पनीका प्रमुख महेन्द्र अधिकारीले बताए ।
विश्व सम्पदा सुचिमा रहेको चितवन राष्टिय निकुन्ज क्षेत्रमा भौतिक निर्माणका लागि लामो प्रकृया पार गरि जानु पर्ने भएकाले पुल निर्माण काममा ढिलाई भएको राष्टिय योजना आयोगका पुर्व सचिव एवं पुरातत्वीक महत्वका सम्पदा संरक्षणका अभियन्ता आत्माराम पाण्डेले बताए ।
धार्मीक पुरातात्वीक एवं ऐतिहासिक क्षेत्रको रुपमा पर्यटकिय महत्व रहेको यस त्रिवेणी धाममा मुख्य क्षेत्र नारायणी नदिको पश्चिममा नवलपरासी क्षेत्रमा रहेको भए पनि नारायणी पारीको चितवनको निकुन्ज क्षेत्रमा अयोध्याका राजा रामका छोरा लव र कुशको जन्म र शिक्षा दिक्षा भएको ऐतिहासिक स्थान बाल्कमीकी आश्रम पर्यटकको आकर्षणको केन्द्र रहेको छ ।
बाल्मीकी आश्रम जानका लागी नेपाल तर्फबाट कुनै मार्ग नभएकोले पर्यटकहरु जोखिमपुर्ण गरिकाले नारायणी नदिमा डुंगा चडेर वा भारतीय भुमीबाट लामो दुरी पार गरि जानु पर्ने समस्या रहेका कारणले नारायणी नदिमा बन्न लागेको पुलको विशेष महत्व रहेको बताईएको छ ।
नारायणी नदि पारी रहेको ऐतहासिक बाल्मीकी आश्रमको दक्षिण तर्फ भारतीय सिमाना पश्चिम तर्फ नारायणी नदि र उत्तर पुर्वको भागमा चितवन राष्टिय निकुन्ज रहेकोले आश्रममा जाने यात्रुहरुका लागि पुलको अभावमा लामो दुरी घुमेर भारतीय बाटो प्रयोग गरेर जानु पर्ने बाध्यता रहेको बाल्मीकी आश्रममा मुख्य पुजारी रामशरण गिरीले बताए ।
त्रिवेणीको गजेन्द्रमोक्क्ष धाम देखी दुई सय मिटर दक्षिणको घाटबाट नारायणी पारी चितवन राष्टिय निकुन्ज क्षेत्रमा पुल पुग्ने भए पछि बाल्मीकी आश्रममा बषौ देखी बसोबो गर्दै आएका स्थानियबासीहरुमा खुशीयाली छाएको पुल निर्माण ठेकेदार कम्पनीका प्रतिनिधी चन्द्र ढकालले बताएका छन । बाल्मीकी आश्रम क्षेत्रमा २०२६ सालमा राजा महेन्द्रले बसोबास गराएका १५ घर परिवारको समेत यहां बसाई रहेको छ ।