पश्चिम नवलपरासीको सरावल सिमल टाडीदेखि पथरहिया जोड्ने पुलको सिलान्यास


परासी । पश्चिम नवलपरासीको सरावल १ सिमल टाडीदेखि पथरहिया जोड्ने खोलामा पुलको सिलान्यास गरिएको छ ।
पुलको प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी नेकपा सरावल गाउपालिका वार्ड नं १ का अध्यक्ष वेदनिधि पाण्डेको अध्यक्षतामा भएको थियो ।



चौधरीले प्रदेश सरकारले अव प्रदेशका हरेक कुना कुनामा विकासका लहरहरु ल्याउने बताउदै प्रदेश नं. ५ लाई विद्युत्तमा आत्मनिर्भर बनाई विजुली नपुग्ने ठाउमा सोलर प्यानल समेत वितरण गरी प्रदेशलाई टुकी मुक्त बनाउने योजना रहेको बताए ।
कार्यक्रममा पुर्वाधार विकास कार्यालय रुपन्देहीका डिभिजन इन्जिनियर ललित बहादुर न्यौपानेले ७ मिटर चौडाई र ६ मिटर लम्बाई रहने सो पुलको लागत १९ लाख १४ हजार रहेको र यसै आर्थिक बर्षको असार मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।
पुलको ठेक्का उकाली ओराली निर्माण सेवा कम्पनी सरावलले लिएको छ । कम्पनीका सञ्चालक महेन्द्र कमल सुवेदीले काम बेलैमा सक्ने जनाए ।



सम्बन्धित
Loading...