विनयी त्रिवेणीका हावाहुरी पीडितलाई राहत वितरण

214








 


प्रेमचन्द राैनियार




नवलपरासीकाे विनयी त्रिवेणी गाउँपालिकाका हावाहुरी पीडितलाई शनिबार राहात वितरण गरिएकाे छ ।

विनयी त्रिवेणी गाउँपालिकनमा वडा नम्बर ६ र वडा नम्बर ७ मा गत जेष्ठ १९ गते आएकाे हावाहुरीबाट प्रभावितहरुलाई राहात वितरण गरिएकाे हाे ।

वडा नम्बर ६ का वडा अध्यक्ष प्रितमबहादुर गुरुङकाे अध्यक्षता भएकाे कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बर बहादुर जिसी, गाउँपालिकाकी उपाध्यक्ष मिना कुमारी रानामगर, वडा नम्बर ७ का वडा सदस्य पदम बहादुर राना, गाउँपालिका याेजना अधिकृत कृष्ण अर्याल, वडा नम्बर ७ का वडा अध्यक्ष गाेपाल बहादुर क्षेत्री लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गत जेष्ठ आऐकाे हावाहुरीले वडा नम्बर ६ मा २० घर र वडा नम्बर ७ मा ९२ गरि ११२ घरकाे छाना उडाएका थिए ।
त्यसैगरी वडा नम्बर ६ र ७ मा केरा किसानहरुले लगायतका ३७ हजार २ सय केराकाे वुटा ढलेर पुर्ण रुपमा नाेक्सानी भए किसानहरुलाई गाउपालिकाले प्रति वाेटा रु १० र नवलपुर क्रसर उद्याेगबाट आएकाेे सहयाेग प्रित वाेटा ३ रुपैयाँ जम्मा १३ रुपैयाका दरले राहत वितरण गरिएकाे थियाे ।
त्यसैगरी १ सय १२ घर परिवारकाे हावाहुरीले छाना उडाएकालाई पूर्ण रुपले क्षति भएकालाई ५ हजार, आंशिक छति भएकालाई ३ हजार , तथा समान्य क्षति भएकालाई जनही रु २ हजारका दरले राहत वितरण गरेका थिए ।



You might also like
Loading...