नायिका जायराले लिईन् बलिउडबाट सन्यास , के छ खास कारण?
आमिर खानको फिल्म दंगलबाट आफनो बलिउड यात्रा सुरुवात गरेकी अभिनेत्री जायरा वसीमले फिल्मबाट सन्यास घोषणा गरेकीछिन् । सानै उमेरमा बलिउडमा काम गरेर थुुप्रै अवार्डसमेत जितिसकेकी जायराले अचानक बलिउडबाट सन्यास लिएका घोषणा गरेपछि यतिबेला बलिउडकै छक्क परेको छ । सानो उमेरमा सिक्रेट सुपरस्टारबाट नेशनल अवार्डसमेत जितिसकेकी जायराले सामाजिक सञ्जालमा एउटा इमोस्नल म्यासेज लेखेर बलिउडबाट सन्यासको घोषणा गरेकी हुन् । उनले आफ्नो पोस्टमा पाँच वर्ष अगाडि बलिउडमा पाइला राख्ने फैसलाले आफ्नो वास्तविक जीवनमा ल्याएको परिवर्तनको बारेमा बताएकी छन् ।

उनले आफुले अहिलेसम्म जति पनि फिल्महरुमा काम गरिन त्यसबाट पाएको पहिचान र सफलताबाट आफु खुसी रहेको बताएकीछिन् । उनले भनेकीछिन् “पाँच वर्षदेखि म आफ्नो आत्मासँग लडिरहेको थिएँ । फिल्ममा मिलेको सफलताबाट म खुसी छु । तर, मैले चाहेको पहिचान यो होइन, जुन म आफ्नो जिन्दगीबाट चाहन्थेँ । बल्ल मलाई यो कुराको महसुस भयो ।” उनले आफु बलिउडको लागि नबनेको भन्दै उनले बलिउडमा काम गर्दा आफनो इमानको प्रहार भएको आफनो इस्लाम धर्मसंग आफनो नाता नै खतरामा परेको भन्दै बलिउड छोड्ने घोषणा गरेकी हुन् ।

उनले फिल्ममा काम गर्दा इस्लाम धर्मबाट टाढा हुँदै गएको महसुस गरेको , लगातर आफुले आफनो आत्मा र बिचारसंग मिलाप गराउन खोज्दा आफु असफल भएको उनको भनाई छ । उनले आफु गलत बाटोतिर हिडिरहेको तर अल्लाहले आफुलाई सही बाटो देखाएको भन्दै उनले कुरानप्रति आभार प्रक्रट गरेकीछिन् । यसरी हेर्दा उनले आफना धर्मको कारण बलिउड छोडेको प्रस्ट छ । उनको यस्तो भनाईले यतिबेला बलिउडकर्मीहरु समेत छक्क परेका छन् । जायराको अब रिलिज हुन लागिरहेको फिल्म द स्काई इज पिंक हो । जुन अक्टोबर ११ मा रिलिज हुनेछ ।
