मगर संघ नवलपुरमा नयाँ नेतृत्व


नेपाल मगर संघ कावासोती नगर समितिको तेस्रो अधिबेशनले जसमती थापा मगरको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । पुर्बी नवलपरासीको कावासोती मनकामना होटलको सभाहलमा शनिबार सम्पन्न अधिबेशनको बन्द सत्रबाट १५ सदस्यीय नयाँ कार्य समितीको चयन भएको हो । जसको उपाध्यक्षमा सुनमाया थापा मगर, सचिवमा सिमा कानुङ मगर, सहसचिवमा यम बहादुर राना मगर, कोषाध्यक्षमा दलमाया सारु मगर,चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा हेम बहादुर राना मगर, सेत बहादुर थापा मगर, ओम माया सारु मगर, दुमिसरा सोती मगर, मित्र बहादुर राना मगर, देव बहादुर सारु मगर, धन बहादुर पुन मगर, बेल कुमारी घर्ती मगर र टक बहादुर गाहा मगर सर्ब सम्मत रुपमा चयन भएको पुर्व अध्यक्ष शत्रुघन थापा मगरले जानकारी दिनुभयो ।



सम्बन्धित
Loading...