कावासोतीमा काँग्रेसको जागरण अभियान

159








शोभा जिसी

नवलपुर । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत सोमबार नवलपुरको कावासोतीमा जागरण अभियान कार्यक्रम भएको छ ।
कार्यक्रममा नेपाली काँगे्रसका केन्द्रीय सदस्य एवम् पूर्व सिचाई मन्त्री दिपक गिरीले यो सरकार तानशाही बन्दै गएकोले सरकार विरुद्ध जागरण अभियान थालेको बताए।
कार्यक्रममा संविधानसभा सदस्य महेन्द्रधोज जि.सी., नेपाली काँग्रेसका जिल्ला सचिव बालकृष्ण घिमिरे, महासमिति सदस्य विष्णु कार्की, कपिल देव भुसाल, सुमित्रा खनाल, महेन्द्र पोख्रेल लगायतले बोलेका थिए।
नेपाली काँग्रेस कावासोती नगर सभापति मुकुन्द प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर सचिव श्याम बस्ताकोटी गरेका थिए ।
नेपाली काँग्रेसले थालेको राष्ट्रिय जागरण अभियान अन्तर्गत नवलपुरको विभिन्न स्थानमा कार्यक्रम भइरहेको छ ।






You might also like
Loading...