जीवन ज्याति माविका नयाँ विद्यार्थीलाई स्वागत
कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको जीवन ज्योति माविमा यस बर्ष भर्ना भएका नयाँ विद्यार्थीलाई आज स्वागत गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक सुमित्रा लम्साल र अध्यक्ष रामकुमार श्रेष्ठ लगायत शिक्षक विद्यार्थीहरुको लगायतका सहभागितामा स्वागत गरिएको हो ।
जीवन ज्योति माविमा अन्य विद्यालयबाट यस विद्यालयमा आएका नयाँ विद्यार्थी र नर्सरीको नयाँ भर्ना गरी यस बर्ष ५५ जना विद्यार्थी नयाँ भर्ना भएको विद्यालयका प्रधानाध्यापक सुमित्रा लम्सालले बताए ।
सहायक प्रअमा कोइराला
त्यसैगरी जीवन ज्योति माविको सहायक प्रधानाध्यापकको जिम्मेवारी पाएका शिक्षक पदमराज कोइराला र विज्ञान विषय मावि तह स्थायीमा नाम निकाल्न सफल विद्यालयकी शिक्षिका दिपीका सापकोटालाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।