विश्ववातावरण दिवसमा वृक्षारोपणदेखि डम्पिङ्ग वाल्टी वितरण

197








कावासोती । विश्व वातावरण दिवसको अवसर पारेर पूर्वी नवलपरासीमा विविध कार्यक्रम गरिएको छ ।
‘स्वच्छ वायु स्वस्थ जीवन’ भन्ने नाराका साथ बुधबार विश्व वातावरण दिवस नवलपरासी जिल्ला सहित देशै भर मनाइएको छ । दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रम गरेका छन् ।
विश्व वातावरण दिवसको अवसर पारेर बुधबार डिभिजन वन कार्यालय नवलपुरको आयोजनामा वृक्षारोपणदेखि टोलसुधार समिति र विद्यालयहरुलाई फोहोर राख्ने डम्पिङ्ग वाल्टी वितरण गरिएको छ ।
डिभिजन वन कार्यालय नवलपुरको आयोजना र विभिन्न संघसंस्थाको सहकार्यमा नगरसरसफाई, जिल्ला प्रहरी कार्यालय नवलपुरको हाताभित्र वृक्षारोपण र चार वटा टोल सुधार समिति र १० वटा विद्यालयलाई डम्पिङ्ग वाल्टी हस्तान्तरण गरिएको हो ।
सहायक वन अधिकृत कृष्ण देवकोटाका अनुसार कावासोती २ का दुई वटा टोल सुधार समिति, कावासोती ८ का दुई वटा टोलसुधार समिति र १० वटा विद्यालयलाई गरी १ सय ३० वटा डम्पिङ्ग वाल्टी वितरण गरिएको छ ।
कावासोती नगरपालिकाकी प्रमुख चन्द्रकुमारी पुनले डिभिजन वन कार्यालयको सहयोगमा डम्पिङ्ग समेत
यस्तै क्युपेक नेपाल नवलपुरको आयोजनामा दुम्कीवासमा नगर सरसफाई कार्यक्रम भएको छ ।
डिभिजन वन कार्यालय नवलपुरकै आयोजनामा विद्यालयहरुका विद्यार्थीहरुको सहभागिता वक्तित्वकला प्रतियोगिता आयोजना गरिएको देवकोटोले बताए ।
संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि बर्से्नि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो ।



You might also like
Loading...