दुर्घटनामा नक्कली चालक खडा गरेर १० लाख घुस लिने गैडाकाेट इन्सपेक्टरमाथि अख्तियारको छानबिन


२२ जेठ । सवारी ज्यान मुद्धामा १० लाख घुस खाएर नक्कली चालक खडा गर्ने प्रहरी निरीक्षक अख्तियारको फन्दामा परेका छन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर जिसीलाई मंगलबार पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान थालेको हो । उनीविरुद्ध १० लाख रुपैयाँ लिएर सवारी ज्यान मुद्दामा चालक फेरेको प्रमाणसहित उजुरी परेको थियो ।

सवारी दुर्घटनामा एक जनाको मृत्यु र अर्का गम्भीर घाइते भएको घटनामा जीसीले चालक फेरेर दोषीलाई उन्मुक्ति दिएका थिए । घटनाको विषयलाई लिएर निरीक्षक जिसीले उल्टै पीडित पक्षलाई हप्कीदप्की समेत गरेको बताइएको छ।

आयोगका अनुसार बैशाख ११ मा बोधराज पाण्डेयले चलाएको जीपले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो। पूर्व–पश्चिम राजमार्गमा राति ११ बजे भएको घटनाको अनुसन्धानमा प्रहरी निरीक्षक जिसीले बेइमानी गरेका हुन्।

निरीक्षक जिसीले मोटरसाइकल चालक गम्भीर घाइते र पछाडि बस्ने महिलाको मृत्यु भएकाले चालकको पहिचान नुखल्ने भन्दै पाण्डेयको साटो किसुन महतोलाई नक्कली चालक बनाएर उभ्याएका थिए ।

 



सम्बन्धित
Loading...