कावासोतीको डण्डामा हावाले चार घर उडायो

170








कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा शुक्रबार विहान पख आएको हावाहुरीले चार घरको छाना उडाएको छ ।
स्थानीय बासिन्दाका अनुसार शुक्रबार विहान आएको हावाहुरीले कावासोती नगरपालिका १६ डण्डा सातघरेमा चार घरको छानो उडाएको छ।
सातघरेका अर्जुन खनाल, कृष्ण घिमिरे, गोविन्द भट्टराई र विरबहादुर क्षेत्रीको घरको छाना उडाएको हो ।
सबैभन्दा बढी अर्जुन खनालको घरको छाना, डाडा सहित उडाएको र खनालको घर मात्रै ३ लाख बराबरको क्षति भएको छ ।

सुदूरपश्चिम नेपालमा हावाहुरी: दुई जनाको मृत्यु, ७० भन्दा बढी घाइते






You might also like
Loading...