सरकारले संघियता विरोधी बजेट ल्यायोः काँग्रेस महामन्त्री कोईराला

125








बिजय चालिसे
जेठ, २५, कावासोती ।
नेपाली काँग्रेसका महामन्त्री डाँ शसांक कोईरालाले सरकारले ल्याएको आर्थिक वर्ष २०७६÷०७७ को बजेट संघियता विरोधी भएको टिप्पणी गर्नुभएको छ । नवलपुरको सदरमुकाम कावासोतिमा जिल्लामा सञ्चालन भएको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री डा. कोईरालाले सरकारले बजेट हावादारी भएको आरोप लगाउनुभयो ।
सरकारले ल्याएको १५ खर्ब बढीको बजेट कार्यान्वयन गर्ने क्षमता नै नभएको भन्दै उहाले यसलाई हावादारीको संज्ञा दिनुभएको हो । उहाले भन्नुभयो, ‘न यो बजेट कार्यान्वयन हुन्छ न यो देस सम्वृद्वितर्फ जान्छ , यि सबै हावादारी हुन’ । डा. कोईरालाले प्रदेश र स्थानिय तहको मर्म विपरित बजेट ल्याएर सरकारले केन्द्रिकृत शासन चलाउन खोजेको आरोपसमेत लगाउनुभयो । सरकारले सपना बाँडेर राजनीतिक लाभ लिने गरी बजेट ल्याएको उहाको आरोप थियो । विभिन्न सपना बाडेर सत्तामा आएको कम्युनिष्टले त्यो सपना पुरा गर्नुको साटो जनतालाई झन भन्दा झन बढी ऋणको भारी बोकाएको कोईरालाको कथन थियो ।
सरकारले सरकार भ्रष्टाचारको चंगुलमा फसेको भन्दै महामन्त्री कोईरालाले काँग्रेस अब चुप लागेर नबस्ने चेतावनी दिनुभयो । उहाले भन्नुभयो ‘अब हामि मुकदर्शक भएर बस्नेवाला छैनौ, विरोध मात्रै हैन सदन र सडकबाटै संघर्ष गर्न तयार छौ’ । महामन्त्री डा. कोईरालाले नेपाली काँग्रेसको विचार धनि भएको बताउनुभयो । उहाले काँग्रेस नैतिकवान चरित्र भएको पार्टी भएकाले महामानव विपि कोईरालाको विचार लिएर अघि बढ्न सुझाव दिनुभयो ।



You might also like
Loading...