द्वारिकालाल चौधरीको अभिव्यक्ति गलतः गिरी


जेठ, २५, कावासोती । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य दिपक गिरिले ईटहरी उपमहानगरपालिकाका मेयर द्वारिका लाल चौधरीको अभिव्यक्ति बेवकुफ भएको टिप्पणी गर्नुभएको छ । प्रेस युनियन नवलपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पुर्ब सिंचाइ मन्त्री समेत रहेका नेता गिरिले चौधरिको अभिव्यक्ति संविधान बिपरित भएको टिप्पणी गर्नुभएको हो ।



देशमा संविधान छ, कानुन छ तर त्यसको खिल्ली उडाउदै जनप्रतिनिधि जस्तो ब्यक्तिले दिएको अभिव्यक्ति खेदजनक छ उहाँले भन्नुभयो । मेयर चौधरीले बोलेका केही कुरा सहि भएपनी उनको शैली गलत भएको उहाँको भनाई छ । चौधरिको शैली र बाटो गलत भएको उहाँको टिप्पणी थियो । नेता गिरिले मुलुक भ्रष्टाचारको दलदलमा फसेको भन्दै पत्रकारहरु पनि संबेदनसिल बन्न्नुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार विरुद्धको निकायलाई पनि सजग गराउन पत्रकार लाग्नुपर्नेमा जोड दिनुभयो ।

एक महिने जागरण अभियानमा नवलपुरमा खटिएका नेता गिरिले काङ्ग्रेसमा गुट उपगुट सक्रिय रहेको बताउनुभयो । उहाँले काङ्ग्रेसमा शेर बहादुर देउवा र रामचन्द्र पौडेल गुट मात्र नभै धेरै गुट उपगुट रहेकाले केही समस्या हुनु स्वभाविक भएको स्वीकार गर्नुभयो । नेता गिरिले पहिलो चरणको जागरण अभियान सफल भएको भन्दै दोस्रो चरणको जागरण अभियानका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।



सम्बन्धित
Loading...