नवलपरासीमा एकल नृत्य प्रतियोगिताकाे उपाधी सुष्मा रानालाई
सहबान अन्सारी
नवलपरासीको सुस्ता गाऊपालिकामा एकल नृत्य प्रतियोगितामा भविष्य संबाद केन्द्र सुस्ता ५ कि सुष्मा राना मगरले प्रथम उपाधि हात पारेकी छिन । त्यस्तै सोही संबाद केन्द्र कि सोना दर्लामी दृितिय सतरंगी संबाद केन्द्र कि अनिषा सारु मगर तृितिय र सोही संबाद केन्द्र कि शषि सिङ्जालि मगर चौथौ स्थान हसील गरेकि छिन ।
जनकल्याण संबाद केन्द्र हरखपुरा सुस्ता वडा नं. २ को आयोजना तथा स्ट्रोम फाउण्डेशन नेपाल र ए.बि.सी. नेपालको सहयोगमा रहेको प्रतियोगितामा पृथ्वी बहादुर चौधरीको अध्यक्षता तथा सुस्ता गाऊपालिका उप प्रमुख ईन्द्र कुमारी चौधरीको प्रमुख अथित्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले महिलाहरुको क्षमता विकाश गर्न यस किसीमको प्रतियोगिताले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बताउनुभयो।
साथै अगामी दिनहरुमा महिलाहरुको लागी यस किसीमको प्रतियोगिता गर्न र गराऊन आफुबाट हुन सक्ने हर सम्भव सहयोग गर्न प्रतिबध्ता ब्यक्त गर्नु भयो।
कार्यक्रममा वडाध्यक्ष कृष्ण लाल मुखिया, कुडिया स्वास्थ्य चौकी ईन्चार्ज बिध्या अर्याल, महत्व राज महतो,राजेन्द्र महतो, नर कुमारी चौधरी, साईदा निशा पठान, भागिरथी पाल, संजित शर्मा, बिना गाहा मगर लगायतहरको उपस्थिति रहेको थियो।
प्रतियोगितामा सुस्ता गाऊपालिका का करिब ११ जना संबाद केन्द्रका किशोरीहरुले प्रतिस्पर्धा गरेका थिए।
