कावासोतीमा १५१ जनाले गरे रक्तदान
नवलपुर एफ.एम.ले कावासोतीमा आयोजना गरेको रक्तदान कार्यक्रममा १५१ जनाले रक्तदान गरेका छन् । नवलपुर एफ.एम. का संस्थापक प्रबन्ध निर्देशक स्व. तिर्थराज भुसालको ३२ औँ जन्मजयन्तीको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरीएको हो ।
एफ.एम.का अध्यक्ष नारायण शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजसेवी विष्णु कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै कार्कीले मानव जीवनको सबैभन्दा ठूलो दान भनेकै रक्तदान भएको भन्दै यस्ता कार्यक्रमले समाज सेवाको भाव जागृत गराउने बताउनुभयो । पत्रकारीता क्षेत्रमा स्व. भुसालको योगदानको स्मरण गर्दै प्रमुख अतिथि कार्कीले अरुको जीवन कसरी बचाउन सकिन्छ भन्नेतर्फ सबैमाझ यस कार्यक्रमले प्रेरणा जाग्ने बताउनुभयो ।
कार्यक्रममा स्व. भुसालको स्मृतीमा स्थापना गरीएको पत्रकार तिर्थराज भुसाल स्मृति टष्टका लागि यसअघीनै समाजसेवी कार्कीले बोलकबुल गर्नुभएको १ लाख ५५ हजार ५०० र वातावरण पत्रकार मञ्च नवलपुरका अध्यक्ष शालिकराम कोइरालाले २ हजार ५ सय ५ रुपैया आज एफ.एम. संरक्षक याम प्रसाद भुसाललाई हस्तान्तरण गनुभएको छ ।

कार्यक्रममा विशेष अतिथिको रुपमा नवलपुर एफ.एम.का संरक्षक याम प्रसाद भुसाल, जील्ला विकास अधिकारी कृष्ण प्रसाद लम्साल, प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेल, सेक्टर वन कार्यालय प्रमुख उज्वल केसी, नवलपुर जेसीस बर्ष २०१९का अध्यक्ष राधा उपाध्याय रहनुभएको थियो । यस्तै अतिथिहरुमा कावासोती २ का वडाध्यक्ष लक्ष्मी प्रसाद पौडेल, कावासाती ६ का वडाध्यक्ष हेम प्रसाद पाण्डे, कावासोती १३ का वडाध्यक्ष विनोद राना, करदाता सेवा कार्यालय कावासोतीका प्रमुख अमृत अधिकारी, नेपाल पत्रकार महासंघ बर्दघाट सुस्ता पूर्व नवलपुरका अध्यक्ष होमराज रानाभाट, नेपाली कांगेस नवलपुरका सचिव बालकृष्ण घिमिरे, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव केवि राना, राष्टिय सेवा दल हात्तिखोरका शिक्षा अधिकृत मेजर उज्वल केसी, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष खिमानन्द भुसाल, कुमारी सामुदायिक अनमी तालिम केन्द्र प्रमुख सरस्वती तिमिल्सिना लगायत रहनुभएको थियो ।
कार्यक्रममा नवलपुर एफ.एम.का प्रबन्ध निर्देशक मुना दाहालको स्वागत मन्तव्य रहेको थियो ।कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका र देवचुली नगरपालीकाको सहआयोजनामा गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीले सहकार्य गरेको हो ।