चोरमारा बजारमै बस अनियन्त्रित भई घरभित्र पस्दा ५ जना घाइते


चोरमारा । नवलपुरको मध्यबिन्दुको चोरमारा बजारमा ना २ ख ९०२६ नम्बरको बस अनियन्त्रित भई घरभित्र पस्दा ५ जना घाइते भएका छन्।
भ्यालवास चोरमारा रुटमा चल्ने बस मध्यबिन्दु नगरपालिकाको कार्यालय नजिकै रहेको तोस बहादुर आलेको घरमा पसेको हो ।
घरमा पस्दा वाहिर बेञ्चमा वसिरहेको ५ जना महिला घाइते भएका छन् । मध्यबिन्दु ७ मा भएको घटनामा स्थानीय देउमाया आले, भीमा आले, साबित्री घर्ती, सरिमा सोती मगर र आइतीसरी मगर घाइते भएका छन् ।
बस चालक र बस प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् ।



सम्बन्धित
Loading...