नवलपुरका ४ वटा प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षालय खोल्ने 

127








रामकुमार श्रेष्ठ
नवलपुर, २८ जेठ । गण्डकी प्रदेश सरकारले नवलपुरका प्रदेश अनुसारका चार निर्वाचन क्षेत्रमा प्राविधिक तथा व्यवसायिक शिक्षालय खोल्ने भएको छ ।
गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक प्राविधिक तथा व्यवसायिक शिक्षालय कार्यक्रम अन्तरगत नवलपुरमा पनि प्राविधिक तथा व्यवसायिक शिक्षालय खुल्ने भएको हो ।


नवलपुरका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कृष्णचन्द्र पोख्रेलका अनुसार यसका लागि कावासोतीमा मात्रै मंगलबार दुई वटा कार्यक्रम गरी सुझाव संकलन समेत गरिएको छ ।
पहिलो चरणमा शिक्षासँग सरोकारवालासँग र दोस्रो चरणमा स्थानीय तहका प्रमुख एवम् अध्यक्ष लगायतका जनप्रतिनिधिहरुसँग सुझाव संकलन गरिएको हो ।
नवलपुर जिल्लामा प्रदेश स्तरका ४ वटा निर्वाचन क्षेत्र छन् । नवलपुरमा खोलिने भनिएको प्राविधिक तथा व्यवसायिक शिक्षालय कहिलेदेखि र कति बजेटमा खोल्ने त्यो अझै यकिन भने भईसकेको छैन ।
मध्यविन्दु क्याम्पसमा भएको कार्यक्रममा सुझाव संकलन कार्यदलका संयोजक भोजराज न्यौपान र सदस्य डा. रामजी शर्मा एक निर्वाचन क्षेत्र एक प्राविधिक तथा व्यवसायिक शिक्षालयको बारेमा जानकारी गराएका थिए ।
पहिलो चरणको सुझाव संकलन कार्यक्रम नवलपुरका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कृष्णचन्द्र पोख्रेलको अध्यक्षतामा भएको थियो भने दोस्रो चरणको सुझाव संकलन कार्यक्रम नवलपुरका जिल्ला समन्वय प्रमुख चेसराम आलेको अध्यक्षतामा भएको थियो ।






You might also like
Loading...