विप्लवका नवलपुर जिल्ला सदस्य धरौटीमा रिहा


नवलपुर, २९ जेठ ।
विप्लव नेतृत्वको नेकपाका नवलपुर जिल्ला सदस्य पुरुषोत्तम रेग्मी बुधबार धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत नवलपुरले २५ हजार धरौतीमा तारेखमा रिहा गरेको नेकपा जिल्ला पार्टीले जनाएको छ ।
नवलपुरमा यस अघि विप्लव नेकपाका ६ जना नेता तथा कार्यकर्ता पक्राउ परेकोमा ३ जना पार्टी परित्याग गरेर रिहा भएका थिए भने रेग्मी अदालतको आदेशमा रिहा भएका हुन् । यस अघि पक्राउ परेका दुई जना अझै प्रहरीको नियन्त्रणमा रहेका छन् ।



सम्बन्धित
Loading...