कावासोतीमा खानेपानीको चुनावी सरगर्मी बढ्यो, नेकपाको एकल प्यानल अन्य काँग्रेस नेतृत्वको संयुक्त प्यानल




रामकुमार श्रेष्ठ
कावासोती । झण्डै सात हजार मतदाता रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वको लागि चुनावी सरगर्मी बढेको छ ।
नवलपुर जिल्लाको सदरमुकाम कावासोती नगरपालिका भित्र रहेको कावासोती खानेपानीका लागि अधिवेशन नजिकिदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भीम कंडेल नेतृत्वमा एकल प्यानल बनाएर अगाडि बढेको छ ।
नेपाली काँग्रेस नेतृत्वको संयुक्त प्यानलले शिवप्रसाद भट्टराईको नेतृत्वमा प्यानल बनाएर अगाडि बढेको छ । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वको लागि असार १४ गते मतदान हुँदैछ । जसका लागि शिव मा.वि., ज्ञानोदय मावि र सहिद स्मृति माविमा मतदान केन्द्र तोकिएको छ । त्यसैगरी असार ४ गते उमेद्वार मनोनयन दर्ताको मिति तोकेको छ ।
नेकपाले यस अघि नै प्यानल घोषणा गरेको थियो भने नेपाली काँग्रेस नेतृत्वको प्यानलले विहीबार पत्रकार सम्मेलन गरी प्यानल घोषणा गरेका हुन् ।
काँग्रेस नेतृत्वको प्यानलमा अध्यक्षमा शिवप्रसाद भट्टराई, उपाध्यक्षमा तारादेवी दवाडी, सचिव पदमा सालिकराम ढकाल, महिला जनजाति सदस्यमा देवी गुरुङ, दलित महिला सदस्यमा राजकुमारी विश्वकर्मालाई उमेद्वारको रुपमा अगाडि सारिएको छ ।
त्यसैगरी सदस्यहरुमा कावासोती २ बाट आत्मराम चापागाई, कावासोती ३ बाट केशरबहादुर थापा, कावासोती ५ बाट कुष्णबहादुर थापा, कावासोती ६ बाट गंगाधर काफ्ले, कावासोती ८ बाट लिलाधर भट्टराई र कावासोती ९ बाट कमला अर्याललाई उमेद्वार बनाइएको छ ।
त्यस्तै काँग्रेस नेतृत्वको प्यानलमा लेखा संयोजकमा मंगल लामा, सदस्यमा बालकुमार भुसाल र लेखाकै महिला सदस्यमा मीना दाहाल अधिकारीलाई उमेदवारको रुपमा अगाडि सारिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
सम्मेलनमा नेपाली काँग्रेसका साथै जनमुक्ति पार्टी, संघीय फोरम लगायतका दलहरुको पनि सहभागिता रहेको थियो ।
त्यसैगरी नेकपाले पनि एकल प्यानल घोषणा गरेर चुनावी मैदानमा उत्रिएको छ । नेकपाको प्यानलमा अध्यक्षमा भीम कंडेल, उपाध्यक्ष रमिला भुजेल, सचिवमा दिपकराज लम्सालले उमेद्वारी दिने भएका छन् ।
त्यस्तै जनजाति सदस्यमा लक्ष्मी गाहा मगर, दलित महिला सदस्यमा पार्वती विश्वकर्मा, सदस्यहरुमा कावासोती २ बाट गंगाप्रसाद भट्टराईृ, कावासोती ३ बाट चेतबहादुर अधिकारी, कावासोती ४ बाट प्रकाश भण्डारी, कावासोती ६ बाट ओमप्रकाश चापागाई, कावासोती ८ बाट शिवलाल चापागाई, कावासोती ९ बाट ऋषि श्रेष्ठले नेकपाको प्यानलबाट उमेद्वारी दिने भएका छन् ।
त्यस्तै लेखा समिति संयोजकमा चिन्तामणी पौडेल, लेखा महिला सदस्यमा लिला थनेत र सदस्यमा अर्जुनकुमार श्रेष्ठले उमेद्वारी दिने तय भएको नेकपा स्रोतले जनाएको छ ।

 



सम्बन्धित
Loading...