क्रान्तिकारी पत्रकार महासंघले नेपाल पत्रकार महासंघमा लगाएको ताला प्रहरीले हस्तक्षेप गरेर खोल्यो




नवलपरासी । क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले नेपाल पत्रकार महासंघ नवलपुरमा लगाएको ताला प्रहरीले हस्तक्षेप गरेर खोलेको छ ।
क्रान्तिकारी पत्रकारले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण, नयाँ सदस्यता वितरण, नयाँ सदस्यता शुल्क, आर्थिक पारदर्शीता लगायतका विषयलाई लिएर नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा तालाबन्दी गरेको थियो ।
यसैबीच क्रान्तिकारी पत्रकार महासंघ केन्द्रिय समितिले विज्ञप्ति जारी गर्दै प्रहरी अस्तक्षेपको विरोध गरेको छ । महासचिव रामकुमार द्वारा जारी विज्ञप्तिमा प्रहरी हस्तक्षेप बन्द गर भनिएको छ ।
विज्ञप्तिमा छलफल र वार्ताको माध्यमबाट समाधान खोज्नु पर्नेमा क्रान्तिकारी पत्रकार महासंघले राखेको माग प्रति पुरै वेवास्ता गर्दै प्रहरी लगाएर ताला खोलिनु घटना दुखद भन्दै पत्रकारहरुको आन्तरिक मामिलामा प्रहरी आएर हस्तक्षेप गर्नु र प्रहरी लगाएर ताला खोल्न लगाउनु दुवै कार्यप्रति संगठनले आपत्ति जनाएको छ ।

यो पनि




नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा तालाबन्दी

 

नेपाल पत्रकार महासंघ नवलपुर विरुद्ध नवलपुरका अन्य पत्रकार संगठन पनि आन्दोलित



सम्बन्धित
Loading...