धारामा पानी नआएपछि खानेपानी कार्यालयमा ताला

202








नवलपरासी असार २

चिसापाानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिकोे कार्यालयमा पनि स्थानियले तालाबन्दि गरिदिएका छन् । खोनेपानीको धारा वितरण गरेपछि पनि विगत ५ महिना यता राम्रो संग पानी उपलब्ध नगराएको र महसुल मात्र तिर्न परिरहेको भन्दै चिसापानी ब्लक नम्बर २ का स्थानियले तालाबन्दि गरिदिएका हुन ।




स्थानिय राधा थापाले खानेपानी ठेगानमा नआउने र पानी भर्नका लागि घन्टौं सम्म लाईनमा बस्नुपर्दा बालबालिकालाई समयमा स्कुल पठाउन समेत मुस्किल पर्ने गरेको बताएईन । उनले पटक पटक खानेपानीको समस्या समाधानका लागि समितिलाई जानकारी गराउदा पनि समस्या समाधान नभएपछि बाध्य भएर स्थानियहरुले ताला लगाएको थापाले बताईन ।

चिसापानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मोहन बहादुर गुरुङ्गले पानीको फोर्स नपुगेका कारण सस्थाबाट वितरित सवै धारामा पानी पुग्न नसकेको बताएका छन् । उनले विद्युतको कारण मोटर संचालनमा कठिनाई आएका कारण माग अनुसारको पानी वितरणमा समस्या भएको बताए । अध्यक्ष गुरुङ्गले ४ दिन भित्र बैकल्पिक ब्यबस्था गरेर भएपनि २ नम्बर ब्लकका स्थानियलाई पानी उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

विद्युत कार्यालयमा तालाबन्दि गरिदिएर आक्रोतीत हुंदै खानेपानी संस्थामा पुगेका स्थानियको समुहले कार्यालयमा तालाबन्दि गरिदिएका हुन् । उनीहरुले आफ्नो ठाउमा विद्युत र खानेपानी दुवैको उत्तिकै समस्या रहेको बताएका छन् । आक्रोसित भिड वडा नम्बर २ को वडा कार्यालयमा समेत पुगेर समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । समयमा स्थानियको समस्या समाधानका लागि पहल नगरे वडा कार्यालयमा समेत तालाबन्दि गरिदिने चेतावनी दिएका छन् ।  – दौतरी एफ.एम.बाट



You might also like
Loading...