पश्चिम नवलपरासीको प्रतापपुरमा सात सय ८६ विपन्न परिवारलाई सोलरबत्ती वितरण
प्रेमचन्द रौनियार
नवलपरासी । वर्दघाट सुस्ता पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले उज्यालो प्रतापपुर कार्यक्रम अन्तर्गत गरिब, विपन्न, दलित, जनजाती र असहाय ७ सय ८६ घर परिवारलाई सोर्यबत्ती वितरण गरिएको छ ।

प्रतापपुर गाउँपालिकाले वैकल्पिक उर्जा तथा प्रवर्धन विकास मन्त्रालयको सहयोग र सोलर होम्स नेपाल प्रालिको सहकार्य प्रतापपुर गाउँपालिका वडा नं. ९ का ८ सय ८६ घर परिवारलाई सौर्यवत्ती वितरण गरेको हो । गाउँपालिका अध्यक्ष राजकुमार शर्माले प्रतापपुर गाउँपालिकालाई उज्यालो प्रतापपुर बनाउने लक्ष्यका साथ सोलरबत्ती वितरण गरिएको बताए ।
गाउँपालिका अध्यक्ष राजकुमार शर्मा र उपाध्यक्ष अन्जुकुमारी चौधरीले संयुक्त रुपमा सोलरबत्ती गाउँलेलाई प्रदान गरेका थिए ।
प्रतापपुर गाउँपालिकाका वडा नम्बर १ का निम्ति वडा अध्यक्ष दुधनाथ चाैधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।