बजेट पारित भएपछि मन्त्रिपरिषद पुनर्गठन : प्रचण्ड
पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने संकेत गरेका छन् । उनले बजेट पारित भएपछि मन्त्रिपरिषद पुनर्गठन हुने संकेत गरेका हुन् ।
प्रेस सङ्गठन नेपाल कास्कीद्वारा बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको तर यो विषय प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र पर्ने भएकाले उनले चाहेको बेला मात्र पुनर्गठन हुने धारणा राखे ।’
उनले आफू पोखरााट काठमाडौं गएपछि यो विषयले थप गति लिने भनाइ राखे । ‘यहाँबाट फर्केपछि दुई अध्यक्षका बीचमा अरु यावत विषय टुङ्ग्याउने ढङ्गले कुरा हुन्छ, त्यसपछि मात्र ठोसरुपमा भन्न सकिन्छ, अहिले नै पुनर्गठनको निर्णयमा पुगिएको छैन,’ उनले भने ।
पार्टी सञ्चालन र सरकार सञ्चालनका सम्बन्धमा भएका सहमति पहिले नै सार्वजनिक भइसकेका विषय भएको उल्लेख गर्दै उनले यी विषय नयाँ नभएको बताए ।