काँग्रेस सभापति देउवाको गृह गाउँपालिकामा देशभरीमा सबैभन्दा कम बजेट, गाउँपालिकाका जनता निरास

210








दिपकराज भट्ट
डडेल्धुरा – नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउबाको गृह गाउँपालिकामा देशभरीका ७५३ औटै स्थानीयतहको तुलनामा सबैभन्दा कम बजेट विनियोजन गरिएको छ । देउवाले मतदान गरेको डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा आगामी आर्थीक बर्ष २०७६/७७ का लागि १९ करोड ३१ लाख मात्रै बजेट विनियोजन गरिएको छ । जुन देशभरिकै स्थानीयतहको भन्दा कम बजेट हो ।




गाउँपालिकाका अध्यक्ष नवल बहादुर मल्लले राजनीतिक कारण आफ्नो गाउँपालिकामा न्युन बजेट आएको भन्दै आक्रोस व्यक्त गरेका छन । उनले राजनीतिक परिपाटीले प्रदेश र संघको सरकारले आफ्नो गाउँपालिकालाइ विभेद गरेको आरोप लगाएका हुन । ‘राजनीतिक कारण गन्यापधुरा गाउँपालिकालाइ बजेटमा सबैभन्दा पछाडी पारियो’ । बजेटको अभावमा काम गर्नपनि गाह्रो छ’ उनले बताए ।
बजेट विनियोजन गर्दा आर्थीक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वातावरण तथा विपद व्यवस्थापन विकास, संस्थागत विकास तथा भौगलिक विकटता, जनसंख्याको आधार लगायतका विषयगत क्षेत्रहरु निर्धारण गर्नुपर्छ । तर प्रभावकारी रुपमा कुनैपनि मापदण्ड अध्ययन नगरिकन हचुवाको भरमा बजेट विनियोजन गरिएको उनको आरोप छ । स्थानीयका मागहरु धेरै आउने तर बजेट अभावले सम्बोधन गर्न नसकिएको उनको दुःख छ । गाउँपालिकाले बजेट प्रस्तुत गर्ने तयारी थालेको पनि उनले जानकारी दिएकाछन । प्रत्येक बर्ष संघले जेठ १५, प्रदेशले असार ०१ र स्थानीय सरकारले असार १० गते बजेट प्रस्तुत गर्ने प्रावधान रहेको छ ।
अध्यक्ष मल्ल स्थानीयतहको निर्वाचन २०७४ मा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि हुन । उनले अध्यक्ष पदमा ३३६९ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्धन्दी एमालेका विरेन्द्र मल्लले १९४६ मत प्राप्त गरेका थिए ।



You might also like
Loading...