ब्रम्हस्थानमा सडक निमार्ण सम्पन्न

शालिकराम भटटराई
नवलपुर ७ असार । मेयर नमुना सडक अन्तर्गत मध्यविन्दु नगरपालिका वडा नंंंं. ३ ब्रम्हस्थान चोकदेखि चौतारासम्मको सडक निर्माण कार्य सम्पन्न भएको छ।
मध्यविन्दु नगरपालिकाको १७ लाख ३ हजार, जनश्रम दान १ लाख ७१ हजार १६ रुपैँया र स्थानीय साझेदारि ८५ हजार १ सय ५० गरी जम्मा १९ लाख ५९ हजार १ सय ६६ रुपियाँ लागतमा सो सडक निमार्ण भएको सडक निमार्ण उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर रानाभाटले बताए ।

लम्बाई २ सय ३० मिटर, चौडाई ११ मिटर नाला सहितको सडक निमार्ण गरिएको समेत उनले बताए ।
सो सडकको निमार्ण भए सगैँ पर्यटकीय क्षेत्रको रुपमा चिनीने ब्रम्हस्थान र त्यो क्षेत्रमा खोलिएका रिसोर्ट तथा होटेलहरुमा जान र चितवन राष्ट्रिय निकुन्जको मनोरम दृश्य हेर्न जाने पर्यटकहरुलाई धेरै सहज हुने पूर्व वडा अध्यक्ष तथा सडक अनुगमन समितिका संयोजक लोक नाथ अर्याल राजुले बताए। सडक निमार्ण भएसगैँ स्थानीय निकै खुशी भएका छन् ।