पौडेलको हत्या गम्भीर भएको भन्दै जनार्दनको आपत्ति

179








काठमाडौं: सत्तारूढ दलका नेता जनार्दन शर्माले सर्लाहीमा प्रहरीको दोहोरो भिडन्तमा मारिएका विप्लव समूहका नेता कुमार पौडेलको हत्या गम्भीर भएको भन्दै आपत्ति जनाएका छन्।
राज्यव्यवस्था समितिको आइतबारको बैठकमा नेता शर्माले सर्लाहीमा मारिएका कुमार पौडेलको नियन्त्रणमा लिएर हत्या भएको भन्दै गृहमन्त्रीले समितिमा जवाफ दिनुपर्ने माग गरे।
उनले भने, ‘कुमार पौडेलको हात भाँचिएको भन्ने उजुरी परेको छ, यसको सत्यतथ्य समितिलाई गृहमन्त्रीले जानकारी दिनुपर्छ।’ त्यस्तै शर्माले रेशम चौधरीलाई अस्पतालमै नेल लगाएर राख्नु अनुचित भएको भन्दै प्रधानमन्त्रीले निर्देशन दिएर फुकाउनु राज्य संयन्त्रको उपहास भएको शर्माको भनाइ थियो।
कुमार पौडेल र रेशम चौधरीका घटना गम्भीर भएको भन्दै गणतन्त्रलाई असफल पार्न सबैतिरबाट हमला भइरहेको उनले बताए। त्यस्तै लोकसेवाको विज्ञापनमा समावेशी नबनाइनु संविधान र कानुनविपरीत भएको शर्माको धारणा थियो।
समितिमा नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पनि पौडेललाई नियन्त्रणमा लिएर हत्या भएको भन्दै छानबिन गर्न माग गरिन्। समितिले गृहमन्त्री रामबहादुर थापालाई यसबारे जवाफ माग्न सोमबार समितिको बैठकमा बोलाएको छ।




सचिवले सांसदलाई पढाउन खोजेपछि…

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले ‘सांसदहरुले गतल बुझेको’ भनेपछि टिप्पणी गरेपछि राज्यव्यवस्था समितिको बैठकमा केहीबेर भनाभन भएको छ ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे छलफल गर्न आइतबार राज्यव्यवस्था समितिको बैठक बसेको थियो । बैठकमा मन्त्री लालबाबु पण्डित र सचिव यादव कोइरालासमेत सहभागी थिए ।

विधेयकको बुँदा नम्बर ५ को श्रेणी र तहगत व्यवस्थामाथि मन्त्री पण्डितले भनेको भनाइलाई समिति सदस्यहरुले गलत बुझेको अभिव्यक्ति कोइरालाले दिए । त्यसपछि सांसदहरुले आपत्ती जनाएपछि केहीबेर बाझाबाझ भयो ।

समितिको बैठकमा ५ नम्बर बुँदामा विवाद भएपछि त्यसलाई छोडेर ६ नम्बर बुँदामा छलफल अगाडि बढाइसकेको बेला सचिव कोइरालाले पुनः ५ नम्बर बुँदामा प्रवेश गर्दै समिति सदस्यहरुले मन्त्रीको कुरालाई गलत बुझेको अभिव्यक्ति दिएका थिए ।

त्यसलगत्तै पूर्व गृहमन्त्रीसमेत रहेका सांसद जनार्दन शर्माले कोइरालाको भनाइमा आपत्ती जनाए । सांसद शर्माले मन्त्रीको बचाउ गर्न छाडेर आफूलाई दिइएको जिम्मेवारी पूरा गर्न कोइरालाको ध्यानाकर्षण गराए । त्यसपछि अरु सांसदहरु पनि सचिवविरुद्ध खनिए ।

यो पनि …….

विप्लव विरुद्ध कडा भएको सरकारलाई मानवअधिकार आयोगको ध्यानाकर्षण : ‘इन्काउण्टर’ संस्कृति कानुनी राज्यमा पर्दैन

रेशम चौधरीलाई सिक्रीले बाँध्नेलाई तत्काल कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

जिल्ला सेक्रेटरी हत्याको विरोधमा १० गते नेपाल बन्द

सर्लाहीमा प्रहरीसँगको भिडन्तमा विप्लवका सर्लाही इन्चार्ज मारिए



You might also like
Loading...