सुस्तामा एक घर दुई फलफुलको विरुवा अभियान शुरु


नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाँउपालिकाले राष्ट्रिय बृक्षारोपणको दिन पारेर एक घर दुई फलफुल बृक्षा रोपण अभियान कार्यक्रको शुरुवात गरेको छ ।
सनिवार राष्ट्रिय बृक्षारोपणको दिन पारेर सुस्ता गाँउपालिकाले पालिकाका सबै वडाहरुका अध्यक्ष सहितको जनप्रतिनिधी, स्थानियबासी, पत्रकार, राजनैतिक पार्टीका प्रतिनिधी एवं समाजका अगुवाहरुको भेला गरि गांँउपालिकालाई हरियाली गाँउ बनाउने उदेश्यका साथ फलफुल बृक्षा रोपण अभियानको उदघाटन गरिएको सुस्ता गाँउपालिकाका प्रमुख रामप्रसाद पाण्डेले बताउनु भयो । प्रमुख पाण्डेको भनाई अनुसार सुस्ता गाँउपालिकाका सबै पांच वटै वडाका स्थानियबासीहरुलाई गाँउपालिकाको तर्फ देखी निशुल्क फलफुलका विरुवा वितरण गरिएको छ ।
सनिवार हरियाली अभियानको शुरुवात सुस्ता गाँउपालिकाको वार्ड नम्बर २ को सतपतिबाट शुरु गरिएको छ भने पालिकाका सबै वडाहरुमा वडा अध्यक्षको निम्मामा अन्य वडाहरुका स्थानियबासीन्दाहरुलाई फलफुलका विरुवा वितरण एवं रोपणको ब्यावस्था गएिको सुस्ताका स्थानिय पत्रकार श्याम मगरले बताउनु भयो । फलफुल बृक्षा रोपण अभियानको उदघाटन सनिवार गाँउपालिकाका जेष्ठ नागरिक ९२ वर्षीय नरेश्वर भण्डारी र गाँउपालिका प्रमुख रामप्रसाद पाण्डेले संयुक्त रुपमा गर्नु भएको हो ।
गाँउपालिकाका सबै वडाहरुमा निशुल्क नौ हजार फलफुलका विरुवाहरु सनिवार नै वितरण गरिएको छ । वितरियण गरिएका फलफुका विरुवाहरु सुस्ताका प्रत्येक परिवारले आफनो निवास नजिकैको स्थानमा रोपनु पर्ने र गाँउपालिकाको अनुमगन टोली आउदा ती विरुवाको अवश्था देखाउनु पर्ने गरि अभियान शुरु गरिएको बताईएको छ । निशुल्क वितरण गरिएका फलफुलका विरुवाहरुमा आँप, लिची, अम्बा, अनार, कागती लगाएकतका फलफुलका विरुवाहरु रहेकाछन ।
कतिपय घरहरुमा पहिला देखी नै फलफुका रुखहरु रहेका छन तर अभियानमा पहिला देखी बोटहरु भएका भए पनि थप विरुवाहरु रोपनु पर्ने गरि वितरण गरिएको सुस्ता गा्ँउपालिका वार्ड्र नम्बर २ का अध्यक्ष कृष्ण लाल मुखियाले बताउनु भयो । सनिवार देखी शुरु भएको फलफुल बृक्षारोपण कार्यक्रम यो हप्ता भरिमा सकिसक्ने गरि ब्यवास्था मिलाईएको छ । फलफुलको बृक्षा रोपणले हरियाली हुने, फलफुल र अक्सिजनको पनि पाईने भएकाले बृक्षा रोपण मा केवल बृक्ष मात्र नभएर फलफुल बृक्ष वितरण गरिएको सुस्ता गाँउपालिकाले बताएको छ ।



सम्बन्धित
Loading...