पक्राउ परेका कार्यकर्ता तत्काल रिहा गर्न क्रान्तिकारी युवा लिगको माग





नवलपरासी । क्रान्तिकारी युवा लिग नेपालका केन्द्रिय सदस्य इन्द्रबहादुर गुरुङलाई प्रहरीले पोखराबाट विना कारण पक्राउ गरेको भन्दै क्रान्तिकारी युवा लिग नेपाल प्रदेश ४ ले उनको रिहाईको माग गरेको छ ।

उनलाई क्रान्तिकारी युवा लिगको अधिवेशनको सहयोग पत्र फिर्ता लिन जाने क्रममा प्रहरीले गिरफ्तार गरेको थियो । अधिवेशनका लागि सहयोग जुटाउने क्रममा छाडेको पत्र सहयोग नगरेको ठाउँमा फिर्ता लिन जाने क्रममा उनलाई प्रहरीले पोखराबाट नियन्त्रणमा लिएको थियो ।





क्रान्तिकारी युवा लिग नेपाल प्रदेश ४ का संयोजक उत्तम थापाद्वारा जारी विज्ञप्तिमा गुरुङलाई अनायसै गिरफ्तार गरी उमाथि लगाईएको झुटा मुद्दा फिर्ता गरी तत्काल रिहा नगरिए कडा संघर्षमा उत्रिने बाध्य हुने चेतावनी दिएका छन् ।
त्यसैगरी विज्ञप्तिमा सरकारको पछिल्लो कदम विषादीयुक्त फलफूल र तरकारी निर्वाध रुपमा भित्र्याउन दिएको भन्दै सरकारको आलोचना समेत गरेको छ ।




सम्बन्धित
Loading...