नेपाल यू–१९ एसिया कपमा प्रवेश, फाइनलमा हङकङमाथि ६ विकेटको शानदार जित

0 287








हङकङसँगको फाइनल खेलमा सानदार जित हात पारेसँगै नेपालले यू–१९ एसिया कप क्रिकेट खेल्ने भएको छ ।
मंगलबार भएको फाइलन खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्यो । पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङले नेपाललाई दिएको ९६ रनको झिनो लक्ष्य नेपालले जम्मा १६ दशमलब १ ओभरमा ४ विकेट गुमाउँदै भेट्याएको थियो ।
नेपालको सुरुवात राम्रो थियो । लञ्ज अघि ५ ओभरमा ४४ रन बनाएको नेपालले ५२ रन बनाउँदा ऋत गौतमलाई गुमायो । उनी १३ रनमा आउट भए ।


३९ रनमा आउट हुनुअघि पवन शरार्फले खडकबहादुर बोहोरासँग २४ रनको साझेदारी गरे । बोहराले ८ रन बनाए । कप्तान रोहितकुमार पौडेल १२ रन जोडे ।
टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४३।१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनायो । उसका आदित गोरवाराले २४ र काल्हन मार्कले १९ रन बनाउँदा अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
उसलाई सस्तैमा समेट्ने क्रममा सागर ढकालले घातक बलिङ गरे । १० ओभर बलिङ गरेका उनले ५ मेडिन राख्दै १८ रन दिए र ५ विकेट लिए । कमल सिंह ऐरीले ३ विकेट लिएका छन् ।
८ देशको प्रतिस्पर्धा
नेपालले एसिया कपको यो संस्करण २८ अगष्टदेखि श्रीलंकामा हुनेछ । प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई, कुवेतसँगै नेपाल रहनेछन् ।






You might also like
Loading...