भैंसी हराएको निउँमा छोराले गरे आमाको हत्या !

0 221








वीरगन्ज महानगरपालिकामा भैसी हराएको निउमा आफ्नै आमाको हत्या गरेका छन् ।




वीरगन्ज महानगरपालिका)२४ रामगढवाका एक युवकले आफ्नै आमालाई मासु काट्ने दाउले हानेर हत्या गरेको हुन् ।
भैंसी हराएकोको निहुँमा विवाद हुँदा मंगलबार सौतेनी आमा ४० बर्षीया शोभादेवी यादवलाई २० बर्षीय छोरा गुड्डु यादवले हत्या गरेको प्रहरी सहायक मनोज मिश्रले बताए ।
पैसा नदिन भैंसी हराएको भन्दै अभिभावकले आफूलाई ढाँटेको भन्दै छोरा यादवले आमालाई धारिलो हतियार प्रहार गरी हत्या हुन् ।
शोभादेवी यादवलाई टाउको, घाँटी र हातमा खुर्पा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरी टोली घटनास्थल पुग्दा छोराको हातमा नै धारिलो हतियार बोकेको थियो ।



You might also like
Loading...