घरबाट साथीसँग घुम्न हिडेका मध्यविन्दुका सौगात अधिकारी १० दिनदेखि वेपत्ता खोजीको लागि पहल गरिदिन परिवारको आग्रह


शालिकराम भट्टराई
असार, २६ विहीबार । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ कोल्हुवा निवासी सौगात अधिकारी १० दिनदेखि वेपत्ता भएका छन् ।





दश दिन अघि घरबाट हेटौडा घुम्न जान्छु भनि निस्किएका अधिकारी सोही दिन साँझ ५ बजेबाट सम्पर्क विहिन रहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।
उनी असार १७ गते साँझ पाँच बजेबाट सम्पर्क विहिन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनका बुवा विष्णु अधिकारीका अनुसार सम्पूर्ण आफन्त इष्टमित्र उनी जानसक्ने स्थान सबै खोजी सकेको तर फेला पार्न नसकेपछि खोजीका लागि सबैलाई अपिल गरेका हुन् ।
उनी साथीहरुसँग घुम्न जान्छु भएका २८ बर्षीय अधिकारी साँझ ५ बजे हेटौंडा छु भनेर घर जानकारी गराएपछि त्यस पछि कुनै सम्पर्क नभएको जनाएको छ ।
उनले प्रयोग गरेको मोबाइल अफ रहेको र फेसबुक अनलाइनमा पनि नदेखाएको बुवा विष्णु अधिकारीले बताए ।
कावासोतीमा कन्सल्टेन्सी खोल्नका लागि तयारी समेत पुरा गरेको एकाएक उनी वेपत्ता भएपछि उनको परिवारको मनमा चिसो पसेको छ ।







सम्बन्धित
Loading...